नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11284 · वि.सं. २०८१

नि.नं. 11284 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

जब चिकित्सा शिक्षा ऐनले नै योग्यताक्रममा जोड दिँदै र योग्यताक्रममा माथि रहेको व्यक्तिले रोजेको प्राथमिकतालाई भर्नाको आधार मानेको छ भने सो कुरा ऐनको कार्यान्वयन गर्न बनाइएको नियम र कार्यविधिले व्यावहारिकरूपमा सुनिश्चित गर्नुपर्ने । योग्यताक्रममा माथि रहेको व्यक्तिलाई आफूले गरेको छनौट वा प्राथमिकतालाई व्यावहारिकरूपमा कार्यान्वयन गर्न नपाउने गरी घडीको सुई घुमाउने वा एकपटक बोलेपछि सोमा पुनः विचार गर्न नपाउने वा आफूभन्दा योग्यताक्रममा माथि रहेको व्यक्तिले छाडेको सिट रोज्न नपाउने व्यवस्थाको कल्पना ऐन, नियम वा कार्यविधिले गरेको भनी सम्झन नमिल्ने । यदि कार्यविधिमा त्यस्तो कुरा परेकै अवस्थामा रहेछ भने पनि सो कुरा ऐनको व्यवस्थाअनुरूप नहुने । ऐन र कार्यविधिमा उल्लिखित कुनै पनि कुराले योग्य व्यक्तिलाई पन्छाएर कम योग्य व्यक्तिलाई प्राथमिकता दिन सक्छ भन्न नमिल्ने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11284
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2079/11/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
मुद्दा नं.०७९-WO-०६६८
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11284
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्