नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11282 · वि.सं. २०८१
नि.नं. 11282 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
जबरजस्ती करणीको कसुरमा पीडित, जाहेरवाला तथा वादीका साक्षीहरूले मौकाको बेहोरा तथा जाहेरी बेहोरा प्रतिकूल अदालतमा बकपत्र गर्न सक्ने अवस्था देखिने । न्यायकर्ताले न्यायिक मन प्रयोग गरी घटना, सङ्कलित प्रमाण तथा परिस्थितिको सूक्ष्म मनन गरी तथ्यको वस्तुनिष्ठ जाँच गरी विद्यमान कानून, न्यायिक सिद्धान्त र विधायिकी मनसायसमेतलाई शिरोधार्य गर्दै न्याय सम्पादन गर्नुपर्ने । जबरजस्ती करणीको कसुरमा मिसिल संलग्न सम्पूर्ण प्रमाणको मूल्याङ्कनबाट न्याय निरूपण हुन वाञ्छनीय भई प्रतिकूल बकपत्रकै भरमा फौजदारी कसुरबाट कसुरदारलाई छुटकारा दिन नमिल्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11282 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2080/03/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०७५-CR-०३५५ | ०७५-CR-०६०१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11282 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
