नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11281 · वि.सं. २०८१
नि.नं. 11281 — करारको यथावत् परिपालना
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूनको कुनै शब्द वा वाक्य वा कुनै खण्डको अर्थ र व्याख्या गर्दा समग्र ऐनको संरचना, उद्देश्य र दायरालाई ख्याल गर्नुपर्ने । (प्रकरण नं. ४) करार ऐन तथा अन्य नेपाल कानूनमा करारको स्पष्ट ढाँचा रहे भएको नपाइने । तोकिएको ढाँचा नभएको अवस्थामा सम्झौता गर्ने पक्षले आफ्नो अनुकूलको लिखत तयार गरी व्यवहार चलाइआएको देखिने । अचल सम्पत्ति घर जग्गा हक छाडिदिँदा लिँदा विभिन्न कारणले तत्काल राजीनामा वा अन्य लिखत पारित गर्न नसक्ने अवस्थामा व्यवहारमा बैनाबट्टाको लिखत तयार गर्ने गरेको पाइने । यही लिखतको आधारमा पछि सम्बन्धित कार्यालयमा गई सहमति कार्यान्वयन गर्ने गरेको देखिने । यसरी हेर्दा बैनाबट्टा लिखत दुई वा दुईभन्दा बढी पक्षबिचको सहमतिको कागज भएकाले यसलाई पनि करारकै एक रूपमा लिन सकिने । (प्रकरण नं. ८) अचल सम्पत्तिमा बैनाबट्टा गरी लेनदेन गर्ने गरी भएको करार स्वत: अमान्य नहुने र यस्तो करारलाई कानूनले निषेध गरेको पनि नदेखिएको तर रजिस्ट्रेसन गर्नुपर्ने कानूनी बाध्यता गरेकोमा त्यस्तो रजिस्ट्रेसन नभएको अवस्थामा त्यस्तो अचल सम्पत्ति हस्तान्तरण गर्नुपर्ने बाध्यात्मक अवस्थासम्म सिर्जना नगरेको भन्ने यस अदालतको बृहत् पूर्ण इजलासबाट फैसला भएको भए तापनि तत्कालीन करार ऐन, २०५६ को दफा ८४(१) तथा मुलुकी देवानी संहिता, २०७४ को दफा ५३८(१) बमोजिम बैनाबट्टा गर्दाको अवस्थामा भएको लिखतबाट एक पक्षबाट अर्को पक्षलाई रकम भुक्तानी गरेको भन्ने प्रस्ट देखिएको रकमको दश प्रतिशत ब्याज, हर्जाना वा दोब्बरसम्म रकम भराइदिने वा त्यस्तो करारमा अचल सम्पत्ति हस्तान्तरण गर्नेबाहेकको अन्य कुनै सर्त एवं दायित्व तोकिएको भएमा त्यस्तो सर्त दायित्व पालना गर्दा भएको हानि नोक्सानी बैना बुझ्ने पक्षबाट भराइदिनुपर्ने । जग्गा हक हस्तान्तरण गरिदिने छु भनी बैना लिने व्यक्तिले अचल सम्पत्ति पनि हस्तान्तरण नगर्ने र बैनाबापतको रकम पनि फिर्ता नगर्ने गरी बेमुनासिब लाभ वा फाइदा (unjust enrichment) को अवस्था परिकल्पना गरेको नदेखिने । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11281 |
|---|---|
| मुद्दाको विषय | करारको यथावत् परिपालना |
| निर्णय वर्ष / मिति | 2078/11/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०६९-RB-००६८ | ०७०-CI-०६९० | ०६६-DF-००२० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11281 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
