नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11280 · वि.सं. २०८१

नि.नं. 11280 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

वस्तुनिष्ठ आधार प्रमाण पेस गर्न नसकेको अवस्थामा केवल आरोपित कसुरबाट उन्मुक्ति पाउने उद्देश्यले गरेको इन्कारी बयान पुष्टि हुन आफैँ त्यस्तो इन्कारी बयानले प्रमाणको स्थान ग्रहण गर्न नसक्ने । इन्कारी बयान प्रमाण ग्राह्य हुन कुनै आधारभूत, तथ्यपरक एवं निश्चयात्मक प्रमाणबाट समर्थित भएको हुनुपर्ने । प्रतिवादीहरू मौकाको बयानमा आरोपित कसुरमा साबित रहेका र अदालतसमक्ष भएको बयानमा इन्कारी रहेको अवस्थामा अदालतले प्रतिवादीले अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) बमोजिम सचेत अवस्थामा स्वेच्छाले व्यक्त गरेको हो वा होइन भनी अदालतले हेर्नुका साथै मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणले मौकाको साबिती वा अदालतको इन्कारी कुन बयानलाई समर्थित गर्छ भन्ने तथ्यलाई समेत विचार गर्नुपर्ने । प्रतिवादीहरूको भनाइ वा कथन झुठ्ठा पनि हुन सक्छ तर दशी प्रमाण एवं वारदातबाट देखिएको वस्तुस्थिति यथार्थपरक हुने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11280
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2080/01/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७६-CR-०६२५ | ०७७-RC-००३५
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11280
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्