नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11279 · वि.सं. २०८१

नि.नं. 11279 — बहाल दिलाई घर खाली गराइपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

महिलाले मन्दिरमा पूजा पाठ गर्नु हुँदैन भन्ने ठोस आधार, कारण नभएको र प्रचलित कानूनले महिला महन्त वा पुजारी हुन नसक्ने भनी रोक लगाएको अवस्थामा परिवर्तित संवैधानिक प्रावधानमा गरिएको समानता र अविभेद जस्ता मान्यता स्थापित भएको स्थितिमा महिला भएकै कारणले मन्दिरको पुजारी वा महन्तका रूपमा रही पूजापाठ चलाउन सक्ने । सन्तान वा हकदारमध्ये महन्तको योग्यता र क्षमता भएको व्यक्ति जसले मन्दिर र गुठीको परम्परा चलाउँछ, उसैलाई महन्त मान्नुपर्ने र त्यस्तो व्यक्ति महिला वा पुरूष जो पनि हुन सक्ने । (प्रकरण नं ।६) गुठीमा रहेका जग्गाहरू बेचबिखन गर्न नपाइने तर भोग चलनसम्म गरी प्राप्त आयस्ताबाट भगवान्‌ रामजीलाई गुलफूल चढाउने परम्पराअनुसार इच्छित व्यक्ति वा नियमानुसार पालो परेको व्यक्तिले गुठीमा रहेका जग्गाहरूको भोग चलनसम्म गरी वा बहालमा लगाई प्राप्त आयस्ताबाट मूलत: भगवान्‌ रामजीमा फूल चढाउने, साधु सन्तको हेरविचार गर्ने, मन्दिर र गुठीको सम्पत्तिको मर्मत सम्भार एवम् हेरचाह गर्ने र भक्तजनहरूको सुविधाका लागि गर्नुपर्ने आवश्यक कार्यमा खर्च गर्न सक्ने । (प्रकरण नं ।८) सन्ततिहरूलाई गुठियार कायम गरी सद्आचरण भएको, पूजा पाठ गर्न जानेकोलगायतका सर्त राखी सो योग्यता भएकाहरूको सूची तयार गरी निजहरूबिच सहमति भए सहमतिमा अन्यथा गोला प्रक्रिया वा सूचीमा रहेकामध्ये कानूनबमोजिमको पहिलो हकदारलाई पहिलो पालो तोकी तत्पश्चात् क्रमश: हुने गरी पालो बाँडफाँट गर्ने व्यवस्था मिलाउनुपर्ने । (प्रकरण नं ।१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11279
मुद्दाको विषयबहाल दिलाई घर खाली गराइपाऊँ ।
निर्णय वर्ष / मिति2079/12/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11279
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्