नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11180 · वि.सं. २०८०

नि.नं. 11180 — बैंकिङ कसुर

सिद्धान्त / नजिर सार (Headnote Summary)

नियतवश बैंक सम्बद्ध कसैले अनियमित वा गैरकानूनी कार्य गरेको हो भने बैंकको नियमानुसार तथा प्रचलित कानूनविपरीतको कार्य भए कानूनबमोजिम कारबाही हुनु र गर्नुपर्ने । यसो भन्दैमा बैंकिङ प्रणालीमा रहेको प्राविधिक त्रुटिको जानी जानी फाइदा लिई विद्युतीय माध्यमको दुरूपयोग गरी बैंकको सम्पत्ति हिनामिना, हानि नोक्सानी गरेको र आफूले गैरकानूनी फाइदा लिई सिर्जना गरेको बैंकिङ कसुरको फौजदारी दायित्वबाट कसैले पनि छुटकारा नपाउने । (प्रकरण नं.४) अरूको गल्तीको फाइदा आफूले उठाउनुलाई कानूनसङ्गतको कार्य मान्न नमिल्ने । यस्तो कार्यबाट अन्यायिक समृद्धि हुने । यस प्रकारको मनसाय एवं योजनापूर्वक गरिएको कार्यबाट आपराधिक दायित्व सिर्जना हुन्छ भने त्यसको सजाय भोग्नुपर्ने । आफूले Software को गल्तीको कारण नेपाली रूपैयाँ रकमान्तर गर्दा सोही अङ्कले डलरमा देखिएको जानकारी एक दुई पटक बैंकलाई जानकारी गराउँदैमा र अर्काको दोष देखाउँदैमा आफ्नो कसुरजन्य दायित्वबाट उन्मुक्ति नपाउने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11180
मुद्दाको विषयबैंकिङ कसुर
निर्णय वर्ष / मिति2078/05/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री लोहित चन्द्र शाह | माननीय न्यायाधीश श्री किरण पौडेल
मुद्दा नं.०७७-RB-०३४२
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11180
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्