नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11130 · वि.सं. २०८०

नि.नं. 11130 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

विधिवत् रूपमा सम्पत्ति परित्याग नगरेसम्म त्यसबाट व्यक्तिको हक मेटिन सक्दैन । बाबु आमाले घर बनाउनको लागि दिएको मन्जुरनामाको लिखतले दाबीको जग्गामा पुनरावेदक प्रतिवादीहरूको हक कायम भएको र अन्य अंशियारको हक समाप्त भएको भनी अर्थ गर्न नमिल्ने । मन्जुरनामाको लिखत हक हस्तान्तरणको लिखत नहुने । (प्रकरण नं.६) घर बनाउनको लागि घरसारमा भएको मन्जुरनामाको लिखतलाई हक छाडिदिएको लिखत हो भनी मान्न नमिल्ने र त्यस्तो लिखतको आधारमा कसैको अंशहक सीमित गर्न नमिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11130
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2079/08/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७३-CI-०७५७ | ०७३-CI-०८४५ | ०७३-CI-०७५९ | ०७३-CI-०९६३
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11130
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्