नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11129 · वि.सं. २०८०
नि.नं. 11129 — विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर
सिद्धान्त / नजिर सार (Headnote Summary)
वैज्ञानिक परीक्षणबाट स्थापित तथ्य वैज्ञानिक परीक्षणबाटै खण्डित नभएसम्म सो तथ्यलाई अन्यथा भन्न नमिल्ने । पीडितले अदालतमा आई गरेको बकपत्रबाट वैज्ञानिक परीक्षणबाट स्थापित तथ्य खण्डित हुनसक्ने स्थिति नहुँदा सो तथ्य यथावत् रहँदासम्म प्रस्तुत मुद्दाको सन्दर्भमा पीडितको बकपत्र गौण रहने । कुनै महिलाको नग्न तस्वीर सामाजिक सञ्जालमा प्रदर्शन गर्ने कार्य केबल निजको मर्यादामा आँच आउने कार्य मात्र नभई आम महिलालाई अपमान गर्ने एवम् विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) ले निषेध गरेको सार्वजनिक नैतिकता र शिष्टाचार विरूद्धको सामग्री प्रकाशन गर्ने कार्यसमेत भएकाले पीडित जाहेरवालाले अदालतमा आई बकपत्र नगरेकै आधारमा प्रतिवादीलाई सफाइ दिन नमिल्ने । अनुसन्धान तथा अभियोजन पक्षले वारदात परिदृश्यमा देखा परेका अन्य व्यक्तिका सन्दर्भमा समेत अनुसन्धान गरी निजलाई समेत अभियोजन गर्नुपर्ने देखिन आए तापनि अनुसन्धान वा अभियोजन पक्षबाट सो सम्बन्धमा थप अनुसन्धान नगरेका जस्ता प्राविधिक कमीकमजोरीको लाभ प्रतिवादीले पाउनुपर्ने भन्ने दृष्टिकोण लिँदा पीडितले न्याय नपाउने, समाजमा दण्डहीनता मौलाउने र न्याय पराजित हुने अवस्था सिर्जना हुने हुँदा न्यायकर्ताले मिसिलमा देखिएका अनुसन्धानका सानातिना त्रुटि कमजोरी केलाउनेभन्दा पनि समग्रमा न्यायको अनुभूति गर्न सक्ने गरी न्याय निरूपण गर्नुपर्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11129 |
|---|---|
| मुद्दाको विषय | विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर |
| निर्णय वर्ष / मिति | 2079/09/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री नहकुल सुवेदी |
| मुद्दा नं. | ०७४-CR-०२४६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11129 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
