नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11127 · वि.सं. २०८०
नि.नं. 11127 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि संस्थाको कानूनी प्रबन्ध एवं व्यवस्थापकीय पक्षबाट विगतमा स्पष्ट रूपमा कुनै आश्वासन दिएको वा विगतको लामो समयसम्मको निश्चित व्यवहारको कारण त्यस संस्थामा कार्यरत कर्मचारीको वैध अपेक्षा रहने । कर्मचारीका त्यस्ता वैध अपेक्षालाई विधायिकाले बनाएको कानून र अन्य प्रचलित कानूनको सापेक्षतामा हेर्नुपर्ने । सरकारी कर्मचारीहरूको मार्गनिर्देशक कानूनको रूपमा रहेको निजामती सेवा ऐन, २०४९ को दफा २५ मा “बढुवाको सर्तहरूसम्बन्धी नियमहरूमा कुनै संशोधन गर्दा त्यस्तो संशोधन भएको एक वर्षपछिको मितिदेखि मात्र लागु हुने गरी व्यवस्था गरिने” भन्ने उल्लेख भएको देखिन्छ । निजामती सेवा ऐनमा भएको यस प्रकारको व्यवस्था जस्तै नेपाल विद्युत् प्राधिकरणले पनि आफ्नो संस्थामा कार्यरत कर्मचारीको वैध अपेक्षा र सङ्गठित संस्थाको नीतिबिच सामञ्जस्यता मिलाउन संशोधित व्यवस्था निश्चित अवधि (Cooling Period) पछि मात्र लागु हुने गरी आवश्यक प्रबन्ध गर्न सक्ने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11127 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2079/10/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७९-WO-०३७४ | ०७५-WO-१३५१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11127 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
