नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11126 · वि.सं. २०८०
नि.नं. 11126 — निर्णय बदर हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
जुन सम्पत्तिको पूर्ण स्वामित्व प्राप्त भइसकेको हुँदैन त्यस्तो सम्पत्ति स्वाभाविक रूपमा तत्काल बन्डायोग्य हुँदैन । दर्ता छुटभित्र परेको र दर्ता भई नसकेको जग्गामा जसका नाउँमा दर्ताको प्रक्रिया चलेको छ उसकै स्वामित्व प्राप्त भइसकेको नदेखिएको र निजकै सम्पत्ति कायम भई नसकेको सम्पत्तिको साम्पत्तिक हक हस्तान्तरण हुने गरी स्पष्ट नजनिएको शेषपछिको बकसपत्रकै आधारमा मात्र एकलौटी हक प्राप्त हुन नसक्ने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11126 |
|---|---|
| मुद्दाको विषय | निर्णय बदर हक कायम |
| निर्णय वर्ष / मिति | 2079/05/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना |
| मुद्दा नं. | ०७०-CI-०६३८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11126 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
