नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11123 · वि.सं. २०८०

नि.नं. 11123 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

एउटा मुद्दा चल्दै गर्दाको अवस्थामा अर्को वारदात भई मुद्दा चलेको, एकभन्दा बढी मुद्दामा सजाय पाउने प्रतिवादी एउटै भएको र एकभन्दा बढी वारदातको मुद्दाको नाम एउटै भएको भन्ने आधारमा मात्र छुट्टाछुट्टै वारदातमा भएको सजायलाई सबभन्दा बढी सजाय मात्र मानी कार्यान्वयन गर्न नमिल्ने । एउटै वारदातमा एकभन्दा बढी कसुर भई प्रत्येक कसुरको लागि कानूनअनुसार छुट्टाछुट्टै सजाय हुने गरी फैसला भएको अवस्थामा जुन फैसलाअनुसार सबभन्दा बढी सजाय भएको छ सोही सजाय मात्र कार्यान्वयन हुने गरी फैसला कार्यान्वयन गरिने र वारदात नै फरकफरक रहेको वा असम्बन्धित रहेको अवस्थामा कसुरदार एउटै भए पनि ठुलो सजायमा सानो सजाय गाभिएर ठुलो सजाय मात्र कार्यान्वयन गर्न नमिल्ने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11123
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2078/06/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७८-WH-००३३ | ०७३-CR-०६४६ | ०७३-CR-०१८६
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11123
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्