नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11122 · वि.सं. २०८०
नि.नं. 11122 — ( उत्प्रेषण र परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
अदालतलाई रिट क्षेत्राधिकारअन्तर्गत न्यायिक पुनरावलोकनको अधिकार प्राप्त छ भन्दैमा यस अदालतले पनि आफूलाई प्राप्त यो अधिकारको प्रयोग अनियन्त्रित र असीमित रूपमा गर्न सक्दैन । यस अदालतले पनि कानून र न्यायका मान्य सिद्धान्तभन्दा बाहिर गएर यो अधिकारको प्रयोग गर्न नहुने । ९प्रकरण नं। ६० कानूनतस् प्रारम्भिक सुनुवाइ गर्ने अधिकार जिल्ला अदालतलाई भएको देखिने । निवेदकले उठाएको हदम्यादको प्रश्नमा एउटै निर्विकल्प निष्कर्षमा पुग्नुपर्ने कानूनी अवस्था रहेकोमा अर्को निष्कर्षमा पुगेको भन्ने पनि नदेखिने । जिल्ला अदालतले गरेको आदेशउपर कानूनबमोजिम माथिल्लो तहको उच्च अदालतबाट एक तहको कानूनी परीक्षण भएकै देखिने । निवेदन माग दाबीबमोजिम जिल्ला अदालतबाट भएको आदेश बदर गरी हद म्यादका सम्बन्धमा पुनस् निर्णय गर्नु भनी परमादेशको आदेश जारी गर्ने हो भने सारतस् फिरादपत्र हदम्यादभित्र नपरेको भनी आदेश गर भनेसरहको स्थिति बन्न जाने । यसो गर्नु भनेको प्रकारान्तरले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १३३ बमोजिम जिल्ला अदालतमा विचाराधीन मुद्दा खारेज भई मुद्दाको कारबाही अन्त्य हुने अवस्था सिर्जना हुने भएकोले संहिताको दफा १३३ को अधिकार यसै अदालतबाट प्रयोग गरेको देखिने । ९प्रकरण नं। ७० रिट क्षेत्राधिकारको माध्यमबाटै उपचार दिनुपर्ने ज्यादै बलियो आधार ९कतचयलन नचयगलमक० रहेको देखिएको वा देखादेखी अन्याय ९mबलषभकत ष्लवगकतष्अभ० को अवस्था रहेको प्रमाणित भएको अवस्थामा अपवादात्मक रूपमा रिट क्षेत्राधिकारको प्रयोग हुन सक्ने कुरालाई इन्कार गर्न नसकिने । तर जिल्ला अदालतले आफ्नो क्षेत्राधिकारभित्र रहेर आफ्नो न्यायिक सद्विवेक प्रयोग गरी आदेश गरेको विषयलाई लिएर सामान्य क्षेत्राधिकारको प्रयोग गरे जस्तो गरी जिल्ला अदालतमा विचाराधीन मुद्दाको औचित्य नै समाप्त हुने गरी रिट क्षेत्राधिकारको माध्यमबाट अन्यथा आदेश गर्नु रिट कानूनकै मान्यताविपरीत हुने । ९प्रकरण नं। ८० निवेदकका तर्फबाट स् विद्वान् अधिवक्ता श्री चन्द्रप्रसाद गुरागाई विपक्षीका तर्फबाट स् विद्वान् अधिवक्ताद्वय श्री खगेन्द्र राउत र श्री भानुभक्त पोखरेल
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11122 |
|---|---|
| मुद्दाको विषय | ( उत्प्रेषण र परमादेश |
| निर्णय वर्ष / मिति | 2080/02/32 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11122 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
