नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11121 · वि.सं. २०८०

नि.नं. 11121 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

कर्तव्य ज्यानको कसुर गर्दाका समग्र तौरतरिका, वारदातमा प्रतिवादीको भूमिका, प्रतिवादीको कानूनी हैसियत एवं जिम्मेवारी, प्रमाण नष्ट गर्न गरिएका हरप्रयत्न एवं क्रियाकलापसमेतका आधार कारणबाट वारदात भवितव्य जस्तो देखिने नभई सुनियोजित जघन्य अपराध भएको देखिन आएकोले मुलुकी ऐन अ.बं. १८८ तथा प्रचलित फौजदारी कसुर (सजाय निर्धारण र कार्यान्वयन) ऐन, २०७४ को दफा १७क को अवस्थाको रहेको नदेखिँदा निज प्रतिवादीलाई घटी सजाय गर्नुपर्ने स्थिति अवस्था नदेखिने । (प्रकरण नं. १८) मुलुकी ऐन, अ.बं. १८८ नं. वा फौजदारी कसुर (सजाय निर्धारण र कार्यान्वयन) ऐन, २०७४ को दफा १७क. को प्रयोग र प्रयुक्तता सम्बन्धमा भएको कानूनी व्यवस्था एवं यस अदालतका अभ्यासको रोहसमेतबाट प्रस्तुत मुद्दामा प्रतिवादीको पदीय हैसियत एवं दायित्व, निजले गरेको आपराधिक कार्यको समग्र परिस्थितिबाट निजउपर उदारभाव (linency) देखाउनुपर्ने अवस्था विद्यमान देखिँदैन । एवंप्रकारले अपवादात्मक (exception) व्यवस्थाको रूपमा आकर्षित हुने अ.बं. १८८ नं. बमोजिमको घटी सजाय निज प्रतिवादीलाई दिने हो भने फौजदारी मुद्दामा हुने निरूत्साहन (deterrent) दण्ड सिद्धान्त नै पराजित भई विधायिकाले ठुलो भरोसा र विश्वास गरी न्यायाधीशलाई प्रदान गरेको स्वविवेकीय अधिकार (discretionary power) को दुरूपयोग हुने प्रस्ट अवस्था देखिने । (प्रकरण नं. १९) व्यक्तिको जीवन बाँच्न पाउने अधिकार (right to life) नै राज्यले सुरक्षाको जिम्मेवारी दिएको जिम्मेवार प्रहरी अधिकृतबाट दर्दनाक रूपमा समाप्त गरेको खास परिस्थितिसमेतका रोहमा नेपालको संविधानको धारा २१ ले अपराध पीडितलाई प्रदान गरेको मौलिक हक पीडित न्याय केन्द्रित (victim centered justice) भई सार्वजनिक स्वार्थ (public interest) को परिपूर्तितर्फ पनि विशेषरूपले हृदयंगम गरिनुपर्ने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11121
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2079/02/12
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
मुद्दा नं.०७७-NF-०००१
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11121
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्