नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11120 · वि.सं. २०८०

नि.नं. 11120 — मोही नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै जग्गामा कुनै व्यक्ति मोही कायम भइसकेपछि निजलाई कानूनबमोजिम निष्काशन नगरेसम्म उक्त जग्गामा निजको मोही हक कायम रहेको मानिने । कुनै जग्गामा कुनै व्यक्ति मोही कायम हुनुको मतलब निजले त्यस्तो हक छोड्नै नपाउने भन्न नमिल्ने । मोहीले जग्गा छोडी भागेमा वा बेपत्ता भएमा वा कुत बाली नबुझाएमा पनि मोही हक कायम रहन्छ भन्न नमिल्ने । यस्तो स्थिति सिर्जना भएमा कुनै व्यक्तिलाई मोहियानी हकबाट वञ्चित गर्न वा हटाउन सकिने । कुनै व्यक्तिलाई प्राप्त मोही हकबाट वञ्चित गर्न कानूनबमोजिमको प्रक्रिया अवलम्बन गर्नुपर्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11120
मुद्दाको विषयमोही नामसारी
निर्णय वर्ष / मिति2079/03/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७५-CI-००६३
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11120
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्