नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11118 · वि.सं. २०८०

नि.नं. 11118 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

बालन्यायको कार्यमा संलग्न सबैले उमेर नपुगेको विशेष वर्गको व्यक्तिसँग व्यवहार गर्दै छौं भनी सोची संवेदनशील भई न्याय सम्पादन गर्नुपर्ने । बालबालिकाको हकमा अपरिपक्व र कैद वा सुधार गृहमा राख्ने कुरा अन्तिम विकल्प हो र सोपूर्व के गर्दा कानूनको द्वन्द्वमा परेको बालबालिकामा सुधार आउन सक्छ, भविष्यमा आपराधिक दुनियाँमा नपुगी राज्यको उपयोगी नागरिक (useful citizen) बन्न सक्छ भन्ने कुरालाई विशेष दृष्टि दिनुपर्ने । कानूनले नै पुर्पक्षका अवस्थामा सुधार गृहमा राख्नेबारेमा विशेष आधार र कारण खुलाउनुपर्छ भनेको छ भने न्यायोचित आधार र कारण नखुलाई सुधार गृहमा राख्न नमिल्ने । बाल न्यायका सन्दर्भमा बाल इजलास गठन गर्न नसक्नु, बालसुधार गृह, सुधार गृह जस्तो हुनुपर्नेमा सो नहुनु, कसुरको परिभाषालाई परिवर्तन गर्नुपर्ने जस्ता विषयहरूमा सबै सरोकारवालाहरूले ध्यान दिनुपर्ने । (प्रकरण नं ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11118
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2079/03/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री डा.मनोजकुमार शर्मा
मुद्दा नं.०७८-WH-०२३६ | ०७८-WF-००२६ | ०७८-WH-०२१४ | ०७८-WH-००७५ | ०७७-WH-०४२३ | ०७८-WH-००५६ | ०७८-WH-०१३४ | ०७८-WH-०१८० | ०७८-WH-२४९ | ०७८-WH-०१४२
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11118
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्