नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11113 · वि.सं. २०८०
नि.नं. 11113 — दर्ता बदर दर्ता कायम घर उठाई पाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
सम्पत्तिसम्बन्धी विवादमा भोग र स्वामित्वलाई विशेष रूपमा हेरिनुपर्ने । सामान्यतया सम्पत्तिमा जसको भोग हुन्छ उसकै स्वामित्व रहेको (possession in nine-tenths of the law) मानिने विधिशास्त्रीय मान्यता रहेको भए तापनि विशेष परिस्थिति वा अवस्थामा कहिलेकाहीँ स्वामित्व नरहेको व्यक्तिको भोग स्थापित हुन सक्ने । यदि यस्तो भोग प्रचलित कानूनविपरीत रहे भएको भए अदालतले हस्तक्षेप गरी सम्बन्धित धनीलाई भोगाधिकार प्रचलन गराइदिन सक्ने । तर स्वामित्व रहेको व्यक्तिले आफ्नो अधिकारको प्रचलन गर्न गराउन समयमा नै कानूनी उपचार खोज्नुपर्ने । अन्यथा कहिलेकाहीँ अचल सम्पत्तिमा प्रतिकूल भोग (adverse possessions) को सिद्धान्त लागु हुन सक्ने । (प्रकरण नं. ९) घर बनाएको विषयमा समयमा नै कानूनी उपचार नखोजेको भए पनि निरन्तर रूपमा जग्गाधनीको हैसियतले सरकारलाई राजस्व तिरिरहेको अवस्थामा उक्त जग्गामा वादीले हक दाबी छाडेको भन्न नमिल्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11113 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर दर्ता कायम घर उठाई पाऊँ |
| निर्णय वर्ष / मिति | 2078/12/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०७१-CI-१०६७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11113 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
