नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11111 · वि.सं. २०८०
नि.नं. 11111 — धर्मपुत्र लिखत बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
आफूलाई पालन पोषण गर्नुपर्ने अवस्थामा धर्मपुत्र राखेको छोटो समयमा नै बदरको लागि फिराद दिनुपर्ने कारण विचारणीय देखिने । धर्मपुत्रको लिखत बदर नै हुन नसक्ने, एक पटक लिखत पारित गरिदिएपछि प्राकृतिक सन्तानले प्राप्त गर्ने अधिकार जस्तो अटल रहने कागजात पनि होइन । धर्मपुत्र भइसकेपछि धर्मपुत्र बस्नेले आफ्ना धर्मपुत्र राख्ने आमा बाबुप्रतिको दायित्व र कर्तव्य पूर्ण रूपमा पूरा गरेमा निजले प्राकृतिक छोरासरह नै अधिकार प्राप्त गर्दछ, कानूनले समेत संरक्षण प्रदान गरेको धर्मपुत्रको लिखतभित्र अन्तरनिहित विषय सम्पत्तिको मोहभन्दा पनि धर्मपुत्र दिने व्यक्तिको हेरचाह, साहारा र सम्पत्तिको संरक्षणतर्फको विषय महत्त्वपूर्ण हुने । (प्रकरण नं. ८) धर्मपुत्र राख्ने धर्ममाता वा धर्मपिता नै धर्मपुत्रको लिखत नै बदरको माग दाबी लिएर अदालतमा आइसकेपछि झुक्याई धर्मपुत्रको लिखत पास गरेको रहेछ भन्ने मान्नुपर्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11111 |
|---|---|
| मुद्दाको विषय | धर्मपुत्र लिखत बदर |
| निर्णय वर्ष / मिति | 2079/08/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०७३-CI-०९८९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11111 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
