नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11109 · वि.सं. २०८०

नि.नं. 11109 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

अख्तियारीविना कानूनको प्रक्रिया मिची गरिएको कार्यबाट कसैको हक / अधिकारको सिर्जना नहुने । (प्रकरण नं. ६) फेवाताल किनाराको पर्यटकीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण जग्गालाई, जे जसरी लिजमा दिइएको छ, सो किञ्चित रूपमा पनि उचित र सार्वजनिक हितअनुकूल नदेखिने । सरकार सार्वजनिक जग्गाको न्यासी (trustee) सम्म हुने, मालिक नहुने । कानूनको त्रुटि गरी कार्य भएको छ भने सो कुरा कुनै निकायले पनि औंल्याउन सक्छ । यस्तोमा गर्न खोजिएको कार्य अवैध र कानून विरूद्ध छ भने त्यो सदा कानून विरूद्ध र अवैध नै हुने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11109
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2079/04/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
मुद्दा नं.०६९-WO-१२३२ | ०६८-WS-००५४ | ०६७-WS-००३५ | ०६७-WO-०६९४
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11109
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्