नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11108 · वि.सं. २०८०
नि.नं. 11108 — तामेली निर्णय बदर बन्डाबमोजिमको कित्ताकाट नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुद्दाको विषयवस्तुबाट उक्त विषय फिरादपत्रको रोहबाट अदालत प्रवेश गर्नुपर्ने प्रकृतिको देखिएको र तदनुरूप सुरू जिल्ला अदालतमा फिरादपत्र दायर भएकोमा मालपोत कार्यालयबाट निर्णय हुँदा “तामेली” बेहोरा उल्लेख गरेको कारण प्रचलित कानूनबमोजिम दाबीको जग्गामा अंश हक कायम गराउन जिल्ला अदालतमा फिराद दायर गर्न नसकिने भन्ने देखिन आउँदैन । अंश र साम्पत्तिक हकको प्रश्न समावेश भएको निवेदनका विषयमा निर्णय गर्ने क्षेत्राधिकार मालपोत कार्यालयलाई नभएकोले त्यस्तो निवेदनलाई तामेलीमा राख्न गरेको निर्णयलाई कानून प्रतिकूल भनी मान्न नमिल्ने । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11108 |
|---|---|
| मुद्दाको विषय | तामेली निर्णय बदर बन्डाबमोजिमको कित्ताकाट नामसारी |
| निर्णय वर्ष / मिति | 2079/04/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी |
| मुद्दा नं. | ०७६-CI-०६८५ | ०७७-CI-०१९६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11108 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
