नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10940 · वि.सं. २०७९

नि.नं. 10940 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

सहकर्मी महिला कर्मचारीको व्यक्तिगत स्वतन्त्रता, मर्यादा र शारीरिक एवम् मानसिक सुरक्षामा हस्तक्षेप गरेको विषय खराब अचरणमा पर्दैन वा त्यसले निजलाई आघात पुर्‍याउँदैन भन्दा अनर्थ हुने । कार्यस्थलमा कर्मचारीको शरीरमाथि हुने कुनै पनि किसिमको असहज, आपत्तिजनक र शारीरिक वा मानसिक आघातलाई समग्र ऐनको बनावटको आधारमा खराब आचरणयुक्त र आघातजन्य कार्य मान्नु पर्ने । एकान्तमा बोलाएर जबरजस्ती हग गर्ने तथा अँगालोमा कसेर दुर्व्यवहार गर्ने कार्यलाई सदाचारयुक्त कार्य मान्न नसकिने । (प्रकरण नं.७) प्रतिष्ठानमा कार्यरत जोसुकै कर्मचारीको सुरक्षा हुनुपर्ने । यौनजन्य दुर्व्यवहारका विरूद्द पाउनुपर्ने सुरक्षा अझै महत्त्वपूर्ण हुने । कार्यस्थलमा हुने यस्तो दुर्व्यवहारको घटनालाई मानव अधिकार र श्रम अधिकारको नजरबाट हेरी सोको विरूद्ध कानूनअनुरूप कारबाही हुनुपर्ने । यौनिक आसयले थुनछेक गरी यौन दुर्व्यहार जस्तो मानव अधिकार तथा महिलाको सुरक्षासँग सम्बन्धित विषयमा विवेचना गर्दा श्रम ऐनमा रहेको परिभाषालाई संकुचित अर्थ गरी व्याख्या गर्दा कार्यस्थलमा हुने यौनजन्य दुर्व्यहारको अन्देखा भई पीडितले न्याय नपाउने । त्यस्तो कार्यले पीडितलाई शारीरिक र मानसिक रूपमा तनाव हुनको साथै पेसागत जीवनमा प्रतिकूल असर पार्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10940
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2079/04/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश डा.श्री कुमार चुडाल
मुद्दा नं.०७२-WO-००६४
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10940
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्