नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10938 · वि.सं. २०७९

नि.नं. 10938 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

भ्रष्टाचारसम्बन्धी कसुरको कुरामा विशेष ऐनको रूपमा रहेको भ्रष्टाचार निवारण ऐन, २०५९ मा रहेको प्रावधान नै मान्य र लागु हुने । भ्रष्टाचार मुद्दामा सजाय पाएको व्यक्ति देखिएकोले निजलाई भएको सजायको कार्यान्वयन पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५४ बमोजिम कैदमा नै बसेर भुक्तान गर्नुपर्ने । त्यस्तो कसुरमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५(१) बमोजिमको सुविधा प्रदान गर्न नमिल्ने । कानूनको व्याख्या गर्दा सामाञ्जस्यपूर्ण व्याख्या (harmonious interpretation) गर्नुपर्ने । एउटा ऐनको व्याख्या गर्दा अर्को ऐनले गरेको व्यवस्थाप्रति उपेक्षा गर्न नमिल्ने; सबै ऐनमा रहेका प्रावधानप्रति समुचित दृष्टि दिनु वाञ्छनीय हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10938
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2077/10/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७७-WH-०२०३ | ०६९-CR-००६१
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10938
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्