नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10931 · वि.सं. २०७९
नि.नं. 10931 — ( कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
मानसिक अवस्था बिग्रेको कारण निजले आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउन नसक्ने अवस्था हो वा होइन भन्ने प्रश्न चिकित्सकीय दृष्टिले निदान गरिएको ९मष्बनलयकभम० पागलपनका अतिरिक्त निजको व्यक्तिगत विवरण ९अबकभ जष्कतयचथ०, निजको आचरण तथा निजले गरेको कार्यसँग सम्बन्धित अन्य तथ्य र परिस्थितिको विश्लेषणबाट निर्धारण गर्नुपर्ने । कानूनी दृष्टिमा पागलपनको निर्धारण घटना घटेको समयमा कर्ताको मानसिक अस्वस्थताको स्तर तथा निजले गरिरहेको कार्यको प्रकृति र परिणाम वा असरबारेको अनभिज्ञता वा सोको जानकारी राख्न सक्ने क्षमताका आधारबाट गरिनुपर्ने हुँदा स्वास्थ्यसम्बन्धी प्रतिवेदन वा विशेषज्ञको राय सो सम्बन्धमा निर्णायक नभई निर्णयमा पुग्नका लागि महत्त्वपूर्ण प्रमाणसम्म हुने । चिकित्सकीय दृष्टिमा मानसिक असन्तुलन वा पागलपनको प्रकृति र गम्भीरता फरकफरक हुने भएकाले चिकित्सकीय दृष्टिले पागलपन ठहरिएको सबै अवस्था ९अबकभ० कानूनी दृष्टिमा पागलपन मानिनुपर्छ भन्ने कुनै जरूरी ठानिँदैन । तथापि कानूनी दृष्टिमा मगज बिग्रेको स्थापित हुन प्रतिवादीको स्वास्थ्य जाँच प्रतिवेदनबाट उक्त तथ्य पुष्टि भएकै हुनुपर्ने । ९प्रकरण नं।६० कसुरदारमा मानसिक अस्वस्थताको अन्य प्रमाण भएको तर कसुर कायम नहुन वा सजायबाट उन्मुक्ति पाउन आवश्यक पूर्वावस्था विद्यमान नभएको अवस्थामा भने अभियुक्तमा दोषको मात्रा ९अगउिबदष्ष्तिथ० मा कमी भएको ९मष्mष्लष्कजभम अबउबअष्तथ० मानी न्यून सजाय गर्नु फौजदारी न्यायको मान्यताअनुकूल हुने । ९प्रकरण नं।१३० कसुरदारले मानसिक अवस्था बिग्रेको आधारमा कसुरबाट सफाइ पाउनुपर्ने जिकिर लिँदा वारदात मितिभन्दा अघिदेखि नै प्रतिवादीको मानसिक अवस्था बिग्रेको थियो भन्ने तथ्य मिसिलबाट स्थापित हुनुपर्ने । वारदातपूर्व नै प्रतिवादीको मानसिक अवस्था बिग्रेको थियो भन्ने तथ्यगत प्रमाण मिसिलबाट देखिएको र त्यस्तो मानसिक असन्तुलनको अवस्था वारदात हुँदा र प्रतिवादीको स्वास्थ्य जाँच हुँदाका अवस्थासम्म निरन्तर कायम रहेमा ९अयलतष्लगष्तथ या अजबष्ल या भखष्मभलअभ० मात्र पागलपनका आधारमा फौजदारी दायित्वबाट उन्मुक्ति प्राप्त गर्ने चिकित्सकीय आधार सिर्जना हुने । सोको प्राथमिक प्रमाण प्रतिवादीको मानसिक अवस्थाको चिकित्सकीय जाँच प्रतिवेदन नै हो । तथापि मिसिल तथ्यबाट प्रतिवादीको मानसिक अवस्था वारदातपूर्व नै बिग्रिएको थियो भन्ने देखिन आएको स्थितिमा स्वास्थ्य जाँच प्रतिवेदन नभएकै आधारमा मिसिलबाट देखिएको मानसिक अस्वस्थताको यथार्थलाई इन्कार गर्नु न्यायोचित नहुने । ९प्रकरण नं।२९० वादीका तर्फबाट स् विद्वान् सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी प्रतिवादीका तर्फबाट स् विद्वान् वैतनिक अधिवक्ताहरू श्री सुधा धिताल र श्री अमिता गौतम
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10931 |
|---|---|
| मुद्दाको विषय | ( कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2079/03/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री उमेशराज पौड्याल | माननीय न्यायाधीश श्री साधुराम सापकोटा | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको राय । | माननीय न्यायाधीश श्री सपना प्रधान मल्लको राय भएको मिति २०७७।०८।१८ को यस अदालतको फैसला । | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको राय सदर हुनुपर्छ । मुलुकी ऐन, दण्डसजायको महलको १ नं। बमोजिम प्रतिवादीलाई सजाय गर्न नमिल्ने भएकाले निजले फौजदारी दायित्वबाट उन्मुक्ति पाउने ठहराएको माननीय न्यायाधीश श्री सपना प्रधान मल्लको राय सदर हुनुपर्छ । | माननीय न्यायाधीश श्री सपना प्रधान मल्लको राय मिलेको देखिँदा सदर भई प्रतिवादी ऐश्वर्य भन्ने आइसोरी राईले सजायबाट उन्मुक्ति पाउने ठहर्छ । माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाले व्यक्त गर्नुभएको रायसँग सहमत हुन सकिएन । अरूमा तपसिलबमोजिम गर्नू । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10931 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
