नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10930 · वि.सं. २०७९
नि.नं. 10930 — अदालतको अवहेलना
सिद्धान्त / नजिर सार (Headnote Summary)
यातायात क्षेत्रमा पूर्वाधार निर्माण कार्य गर्दा कुन ठाउँमा सडक, कुन ठाउँमा रेल वा रोपवे र कुन ठाउँमा सुरूङ वा पुल बनाउने भन्ने विषय नितान्त प्राविधिक र नीतिगत विषय सार्वजनिक क्षेत्रका बहसका विषय भई सरकारलाई सुझाव दिने र सिफारिस गर्ने विषयवस्तु हुन सक्लान् तर अमुक ठाउँ नै तोकेर विकास निर्माणको कार्यमा यसो गर वा नगर भनी सरकारको नीतिगत प्राथमिकताको विषयमा न्यायिक प्रक्रियामार्फत आदेश जारी गर्ने विषय नहुने । अदालतको अवहेलना सम्बन्धमा व्यवस्थापिकाले कानून बनाउन बाँकी नै रहेको देखिँदा के कस्तो कामले अदालतको अवहेलना हुन्छ भन्ने कुरा त्यसको तथ्य र परिस्थितिअनुसार अदालत आफैँले ठहर गर्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10930 |
|---|---|
| मुद्दाको विषय | अदालतको अवहेलना |
| निर्णय वर्ष / मिति | 2078/08/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल |
| मुद्दा नं. | ०७४-MS-००२२ | ०६३-WO-११४४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10930 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
