नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10929 · वि.सं. २०७९
नि.नं. 10929 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
फौजदारी कसुरमा सत्यताको मूल्याङ्कनको लागि भनाइमा अधिकांशत: स्थिरता (consistency) को विद्यमानता हुनुपर्ने हुँदा जबरजस्ती करणीको वारदातमा पीडितले पीडाको आघात (trauma), सामाजिक लोकलाज र पीडितको आफ्नो अस्मितापूर्ण जीवनलाई पनि चुनौती दिएर आफू विरूद्धको कसुरमा सत्य तथ्य कुरा भन्ने साहस गरेको हुने र समयको अन्तरालमा केही कुरामा सामान्य विरोधाभाष आउन सक्ने स्थितिलाई नकार्न नसकिने । कुनै पनि व्यक्तिले एक पटक भनेको भनाइ बेहोरा पुनः अर्को पटक भन्नुपर्दा अक्षरसः जस्ताको तस्तै मिल्ने गरी भन्न नसकिने । केही सामान्य कुराहरू फरक पर्दैमा सम्पूर्ण भनाइको विश्वसनीयता नै समाप्त भई नहाल्ने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10929 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2078/09/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री द्वारिकामान जोशी |
| मुद्दा नं. | ०७४-CR-१३८० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10929 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
