नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10924 · वि.सं. २०७९
नि.नं. 10924 — फैसला मिलापत्र बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
"धर्मलोप" को अर्थ गर्दा गुठी राख्ने उद्देश्यविपरीत काम गर्नु, गुठिको जग्गा कुनै तरहले नास्नु वा मास्नु, परम्परानुसार गुठी सञ्चालन नगर्नु भन्ने बुझिने । "धर्मलोप गरेको" भन्ने देखिन आएको अवस्थामा गुठिको महलको १६ नं. को हदम्यादसम्बन्धी खुला व्यवस्था नै आकर्षित हुने भई धर्मलोप गरेको अवस्थामा जहिलेसुकै हकदारले नालिस दिनसक्ने गरी हदम्यादको अवधारणालाई नियन्त्रण गरेको भन्न नमिल्ने । (प्रकरण नं.७) गुठी जग्गाको स्वरूप वा प्रकृति समाप्त हुने गरी भएको निर्णय जहिलेसुकै बदर गर्न मिल्ने कानूनी व्यवस्था रहे भएको स्थिति हुँदा भूमिसुधार कार्यालयबाट कुनै निर्णय भएको भरमा वा त्यसउपर पुनरावेदन वा उजुरी नपरेकै आधारमा वा निर्णय बदरको आडमा हदम्यादभित्र नपरेको भन्ने आधारमा यस्ता काम कारबाहीलाई सदर गर्दै जाने हो भने गुठी जस्तो सार्वजनिक उद्देश्यका लागि राखिएका जग्गा कपट वा मिलेमतोमा समाप्त हुँदै जाने अवस्था सिर्जना हुने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10924 |
|---|---|
| मुद्दाको विषय | फैसला मिलापत्र बदर |
| निर्णय वर्ष / मिति | 2078/12/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री शेषराज शिवाकोटी | माननीय न्यायाधीश श्री नीता गौतम दिक्षित |
| मुद्दा नं. | ०७२-CI-१५१४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10924 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
