नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10921 · वि.सं. २०७९

नि.नं. 10921 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

सार्वजनिक संस्थामा कार्यरत पदाधिकारी वा कर्मचारीहरूका लागि निर्धारित पदीय आचरणअनुकूल अनुशासन कायम गराउने कुराको उत्तरदायित्व पनि सो संस्थामा रहने । सामान्य व्यवस्थापकीय काम कारबाहीको विषयलाई लिएर रिट क्षेत्राधिकारको विषय बनाउनु उचित नहुने । अधिकारक्षेत्रात्मक त्रुटि, गम्भीर अन्यायको अवस्था जस्ता आधारभूत कारणहरू विद्यमान रहेको नदेखिएसम्म संस्थागत रूपमा थालनी गरिएको स्पष्टीकरण सोध्नेसम्मको सामान्य अनुशासनात्मक कारबाहीको विषयलाई लिएर पुनरावेदन आयोगमा पुनरावेदन दिन सकिने प्रभावकारी वैकल्पिक उपचारको व्यवस्था समेत कायम रहेको अवस्थामा अदालतको असाधारण क्षेत्राधिकारबाट हस्तक्षेप गर्नु मनासिब नहुने । ९प्रकरण नं।३० निवेदकका तर्फबाट स् विद्वान्‌ अधिवक्ताद्वय श्री वासुदेव शर्मा र श्री बद्रिराज भट्ट प्रत्यर्थीका तर्फबाट स् विद्वान्‌ अधिवक्ता श्री राजेन्द्र खनाल

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10921
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2078/09/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10921
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्