नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10920 · वि.सं. २०७९

नि.नं. 10920 — मूल्य अभिवृद्धि कर (०६२।०६३)

सिद्धान्त / नजिर सार (Headnote Summary)

हाम्रो देशमा करदाताले आफ्नो भएको कारोबारको सम्बन्धमा स्वयंले नै कर स्व-घोषणा गरी सम्बन्धित निकायमा कर बुझाउने भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । करदाताले बुझाएको कर विवरणमा कुनै कैफियत देखिएको अवस्थामा मात्र कर कार्यालयबाट सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी कर निर्धारण गर्न सक्ने । कर निर्धारण गर्दा करदाताले बुझाएको कर विवरणउपरको कैफियत प्रमाणित गर्ने भार कर अधिकृतमा नै रहने । कर अधिकृतले त्यसरी कर निर्धारण गर्दा कानूनले तोकेको समय सीमाभित्र कर निर्धारण गरिसक्नुपर्ने । अन्यथा करदाताले बुझाएको कर विवरण नै अन्तिम भई सोही विवरणले मान्यता पाउने । (प्रकरण नं.३) मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २०(४क) को कानूनी व्यवस्थाले विभागलाई करदाताले झुठा लेखा वा बिजक वा अन्य कागजात तयार गरी वा जालसाजी गरी कर छलेको अवस्थामा जुनसुकै बखतमा पुनः कर निर्धारण गर्न आदेश दिन सक्ने भनी विशेषाधिकार प्रदान गरेको । यो विशेष अधिकार कानूनले सुरू कर कार्यालयलाई दिएको नभई आन्तरिक राजस्व विभागलाई प्रदान गरेको देखिने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10920
मुद्दाको विषयमूल्य अभिवृद्धि कर (०६२।०६३)
निर्णय वर्ष / मिति2078/12/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री कुमार रेग्मी
मुद्दा नं.०७४-RB-०००४
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10920
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्