नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10882 · वि.सं. २०७९

नि.नं. 10882 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एउटा वारदातमा एउटा मात्र कसुर गर्नेलाई सोहि कसुरमा सजाय र अवस्था अनुसार थप सजाय समेत हुने, एकिकृत कसुर भएको अर्थात एउटै वारदातमा एक भन्दा बढी कसुर गरेको अवस्थामा “सवैभन्दा वढि सजाय हुने कसुर वापतको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसुर वापतको सजाय को आधा सजाय” हुने व्यवस्था मुलुकी अपराध संहिताको दफा ४३ (२) मा गरिएको छ भने विभिन्न ठाउँमा विभिन्न समयमा फरक फरक कसुर गर्ने व्यक्तिको हकमा अर्थात वहु-ब्यवहार कसुर गर्ने कसुरदारको हकमा फौजदारी कसुर (सजाय निर्धारण र कार्यान्वयन) ऐन २०७४ को दफा ३६ को उपदफा (२) वमोजिम “पहिले भएको कैदको अवधि भुक्तान भएपछि गणना हुने गरी पछि भएको कैदको सजाय कार्यान्वयन” गर्ने कुरा नै सो ऐनका समग्र व्यवस्था तथा दण्डको सिद्दान्तसंग समेत मेल खान सक्ने देखिन्छ।यस्तो कैदको हिसाव गर्दा अदालतले आफु समक्ष रहेको मुद्दामा पक्राउ गरेको वा उपस्थित गराइएकोमा थुनछेकको आदेश भएको मितिवाट ऐनको दफा ४० वमोजिम गणना गर्न सक्ने नै हुन्छ। यसो गरेमा मात्र कसुरको गम्भीरता अनुसार उचित र समानुपातिक सजाय हुने । अदालतको कर्तव्य बढी सजाय वा कम सजाय गर्ने नभै उचित एवं उपयुक्त सजाय गर्ने हो। यस्तो सजाय मार्फत नै अभियुक्त र पीडितलाई न्याय दिने र सम्पूर्ण समाजलाई न्यायको अनुभूति गराउने हो। (प्रकरण नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10882
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2078/09/29
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहले दण्ड सजायको ४१ नं. बमोजिम ठूलो कैदमा सानो कैद गाभिने र जरिवानाको हकमा दण्ड सजाय को ३८ नं. बमोजिम ४ वर्षसम्म मात्र कैद गर्न मिल्ने कानूनी व्यबस्था रहेको व्याख्या गरी निवेदन माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुनेपर्ने राय व्यक्त गर्नु भएको देखिन्छ। जुन
मुद्दा नं.०७8-NF-0007
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10882
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्