नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10878 · वि.सं. २०७९
नि.नं. 10878 — बैंकिङ कसुर
सिद्धान्त / नजिर सार (Headnote Summary)
धितोको मूल्याङ्कन नै नगरी, फाइनान्सको कर्जा नीतिअनुसारको प्रक्रिया पूरा नगरी फाइनान्सलाई नोक्सानी गर्ने र आफूहरूलाई फाइदा पुर्याउने उद्देश्यले मिलेमतो गरी फाइनान्सको नीति तथा प्रचलित कानूनविपरीत कर्जा प्रवाह गर्ने प्रतिवादीको भूमिका मुख्य अभियुक्तको रूपमा रहेको प्रस्ट देखिने । (प्रकरण नं.१५) अभियोग दाबीमा साँवा र ब्याजसमेत गरी बिगो कायम गरेको देखिए तापनि सो ब्याज रकम कति, कहिलेदेखि, कुन मितिसम्मको कति प्रतिशत रहेको भन्ने अभियोगपत्रमा प्रस्ट दाबी नलिएकोमा बिगो कायम गरी सो बिगोको आधारमा सजायसमेत गर्नुपर्ने हुँदा हिसाब किताबसहित प्रस्ट रूपमा दाबी नलिएको ब्याजसमेतलाई बिगोको रूपमा कायम गरी सो बिगोबमोजिम सजाय / जरिवाना गर्नु न्यायोचित नदेखिने । कसुर गर्दाको बिगोलाई नै सजायको आधार मान्नुपर्ने । सजाय / जरिवाना गर्ने हदसम्म ब्याजलाई बिगोमा समावेश गर्न नमिल्ने । सजायको हकमा साँवालाई मात्र बिगो कायम गरी ब्याजलाई समावेश नगरिए तापनि कर्जाको हकमा साँवा र ब्याजको दाबी रहेको र फाइनान्स कम्पनीले ब्याज नपाउँदा निक्षेपकर्ताको पुँजीसमेत डुब्न सक्ने अवस्था आउने हुँदा फाइनान्स कम्पनीले साँवामा ब्याजसमेत भराई पाउनुपर्ने । (प्रकरण नं.२५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10878 |
|---|---|
| मुद्दाको विषय | बैंकिङ कसुर |
| निर्णय वर्ष / मिति | 2079/03/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री भीमबहादुर बोहरा | माननीय न्यायाधीश श्री बाबुराम रेग्मी |
| मुद्दा नं. | ०७१-RB-०२९२ | ०७२-RB-०३४५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10878 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
