नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10872 · वि.सं. २०७९
नि.नं. 10872 — सरकारी छाप दस्तखत किर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
लिखतमा लेख, टाइप वा मुद्रणको सामान्य त्रुटि सच्याउने प्रयोजनार्थ सम्बन्धित पक्षले निवेदन दिएमा अदालतबाट संशोधन हुन मनासिब भएमा मात्र संशोधनको आदेश हुने । (प्रकरण नं.३) अभियोजन पक्षबाट प्रतिवादीको नाम छुट भएको भन्ने मात्र पत्रमा उल्लेख भएको, अभियोगको मागदाबी खण्डमा प्रतिवादीहरूको नाम उल्लेख नगरेको, अभियोजन पक्षले अभियोगपत्र दायर गर्दा अभियोगको दाबी खण्डमा यी व्यक्तिहरूले यस्तो खालको कसुर गरेका हो, यी व्यक्तिहरूको यो कसुर गर्नमा यो यो भूमिका छ, यी व्यक्तिहरूउपर यस्तो दाबी रहेको छ भनी स्पष्टरूपमा खुलाएर अभियोगपत्र पेस गर्नुपर्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10872 |
|---|---|
| मुद्दाको विषय | सरकारी छाप दस्तखत किर्ते |
| निर्णय वर्ष / मिति | 2077/10/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल | माननीय न्यायाधीश श्री विमलप्रसाद ढुंगेल |
| मुद्दा नं. | ०७२-CR-१०२३ | ०७५-CR-१४०० | ०७१-RI-१८२१ | ०६९-CR-०२४५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10872 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
