नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10871 · वि.सं. २०७९
नि.नं. 10871 — कर्तव्य ज्यान र जबरजस्ती चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
आवेशप्रेरित हत्या (homicide by provocation) ठहर्नका लागि मृतकका कार्यले अभियुक्त आकस्मिकरूपमा उत्तेजित हुनुपर्दछ र रिस थाम्न नसकी अभियुक्तले केही गर्दा मानिस मरेको हुनुपर्ने । मृतकले उठाएको उत्तेजनाको मात्रा र अभियुक्तले व्यक्त गरेको प्रतिक्रिया विचारणीय हुने, अर्थात् आवेश उठाउने कार्य र प्रतिक्रियाबिच समानुपातिक सम्बन्ध हुनुपर्ने (retaliation must be proportionate to the provocation) । अर्को पक्षबाट सामान्य उत्तेजना भएकोमा अभियुक्त रिसाई अति उग्र प्रतिक्रिया जनाएमा पनि कानूनले त्यस्तो कार्यलाई छुट नदिने । पीडित पक्षबाट भएको अति सामान्य उत्तेजक कार्यबाट पनि यदि कोही संयम गुम्ने (loss of control) किसिमबाट उत्तेजित भएको दावा लिन्छ भने कानूनले उक्त दावा स्वीकार गर्न नसक्ने । (प्रकरण नं.६) मार्ने नै मनसाय नभए पनि मानिस मर्न सक्छ भनी जानीजानी ठुलो खतरा भएको कुनै काम गर्दा मानिसको ज्यान गएमा मनसाय प्रेरित हत्या (intentional homicide) को आपराधिक मनसाय (mens rea of murder) पूरा भएको मानिने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10871 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान र जबरजस्ती चोरी |
| निर्णय वर्ष / मिति | 2077/12/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल | माननीय न्यायाधीश श्री बलभद्र बास्तोला |
| मुद्दा नं. | ०७५-CR-११८२ | ०७५-CR-१२९८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10871 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
