नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10828 · वि.सं. २०७९

नि.नं. 10828 — उत्प्रेषण प्रतिषेधसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

उत्पादनको लागि चाहिने कच्चा सामग्री (raw material) आयात गर्न नपर्दा राष्ट्रकै व्यापार बचत (trade surplus) हुने र आर्थिक वृद्धि (economic growth) मा समेत मद्दत पुग्ने । राष्ट्रको आर्थिक विकासको लागि उद्यमीहरूलाई मुलुकमा उद्योग धन्दा सञ्चालन गरी बस्ने वातावरणको सिर्जना गर्नु सरकारको दायित्व हुने र यस्तो दायित्व पूरा गर्नमा सरकारले आफ्नो तर्फबाट हरदमको कसरत गर्नुपर्ने । (प्रकरण नं.४) कुनै वस्तुको गुणस्तरको मापदण्ड नै निर्धारण नगरेको अवस्थामा सो मालसामानको उत्पादन नै गर्न पाउँदैन भन्‍नु युक्तिसङ्गत नहुने । (प्रकरण नं.५) उद्योगले आफ्नो उत्पादनको गुणस्तर प्रमाणित गराउनको लागि नेपाल गुणस्तर कार्यालयमा निवेदन दिएपछि उक्त कार्यालयले आवश्यक जाँचबुझ गरी गुणस्तरयुक्त छ छैन भनी प्रमाणित गरिदिइसकेपछि मात्र नेपाल गुणस्तर तथा नापतौल विभागले त्यस्तो मापदण्ड पालना भए नभएको जाँच्न सक्ने र नभएका उद्योगहरूका प्रमाण चिह्नको प्रयोगमा प्रतिबन्ध लगाउन सक्ने वा मापदण्ड पूरा नभए गुणस्तर निर्धारण संशोधन वा रद्द गर्ने भन्‍ने नै विधायिकी मनसाय देखिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10828
मुद्दाको विषयउत्प्रेषण प्रतिषेधसमेत
निर्णय वर्ष / मिति2077/09/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७४-CI-०८७७
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10828
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्