नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10822 · वि.सं. २०७९
नि.नं. 10822 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
कसुरको वर्गीकरण आफैँमा प्राविधिक विषय हुने हुँदा जाहेरी दरखास्त दिने व्यक्तिलाई कानूनले गरेको कसुरको वर्गीकरणको प्राविधिक विषयमा सूक्ष्म जानकारी नहुन सक्दछ जसको कारण जाहेरी दरखास्त दिँदा कसुरको फरक नाम उल्लेख भएको हुन सक्छ । अनुसन्धान हुँदै जाँदा अनुसन्धानकर्तासमक्ष प्रस्तुत भएको तथ्य र प्रमाणको आधारमा अभियोगपत्र दायर हुने हो । कुनै कसुरमा जाहेरी नै नपरे पनि अनुसन्धान गर्ने अख्तियारप्राप्त निकायले सूचनाको आधारमा स्वयं छानबिन तथा अनुसन्धान गरी प्राप्त प्रमाणहरूको आधारमा कसुरदारलाई कानूनी दायरामा ल्याउन सक्ने । जाहेरी दरखास्तमा उल्लिखित सूचनाले अनुसन्धान प्रक्रियाको थालनी भई अनुसन्धानबाट प्राप्त प्रमाणहरूको आधारमा सम्बन्धित निकायले अभियोग पत्र दर्ता गरी उक्त अभियोग प्रमाणहरूबाट पुष्टिसमेत भएकोमा जबरजस्ती करणीको उद्योगतर्फ जाहेरी परेको भए तापनि जबरजस्ती करणीको कसुरमा अभियोग दर्ता भयो भन्ने विषय न्यायको रोहमा गौण हुने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10822 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2077/11/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री तिर्थराज के.सी. | माननीय न्यायाधीश श्री शालिग्राम कोइराला | माननीय न्यायाधीश श्री गणेशप्रसाद बराल |
| मुद्दा नं. | ०७५-CR-२६८४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10822 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
