नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10648 · वि.सं. २०७८

नि.नं. 10648 — मोही नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

वास्तविक मोहीप्रति बदनियत राखी मिलुवा मोहीसँग हतार हतारमा थोरै जग्गा लिनु दिनु गरी मिलापत्र गरेको जग्गाधनी पुर्जामा मोही उल्लेख भएको कारणले मात्र मोही नामसारी हुन सक्दैन । मोही नामसारी हुन र मोही मिलापत्र हुन वास्तविक मोही को हो र मोहीको हैसियतले कसले कमाएको छ, कसको जोतभोगमा रहेको छ, सोसमेतका सम्पूर्ण प्रमाणहरूको विवेचना गरी निर्णयमा पुग्नुपर्ने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10648
मुद्दाको विषयमोही नामसारी
निर्णय वर्ष / मिति2076/12/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश  डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
मुद्दा नं.०६७-CI-१२८४
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10648
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्