नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10645 · वि.सं. २०७८

नि.नं. 10645 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै विषयमा भएको करारबमोजिम मध्यस्थले पहिले दिएको कुनै निर्णय सो करारको विषयवस्तु, प्रकृति र आधारमा गरिने हुँदा अर्को छुट्टै विषयवस्तु प्रसङ्ग रहेको करारका सम्बन्धमा पनि हुबहु सोहीअनुसार नै हुनपर्ने भन्ने तर्क मनासिब नहुने । (प्रकरण नं.१३) विवादको पक्षहरूले नै नियुक्त गरेको मध्यस्थले पक्षहरूको सहमतिमा निर्धारण गरिएको कार्यविधिबमोजिम निर्णय गर्ने भएकोले विवादको सम्बन्धमा सम्बद्ध तथ्य केलाउन र यसको बारेमा निर्णय गर्नको लागि मध्यस्थलाई नै सबैभन्दा सक्षम निर्णयकर्ता मानिने । मध्यस्थलाई सम्बन्धित विषय विज्ञ मानी आपसी सहमतिमा नियुक्ति गरी उसको क्षेत्राधिकारलाई समेत स्वीकार गरिसकेको कारणले मध्यस्थले गरेको निर्णय नै अन्तिम हुन्छ । अर्को शब्दमा भन्नुपर्दा मध्यस्थ पनि एक प्रकारको अदालत नै हो । उसले अदालतले उपभोग गरेसरहको अधिकार उपभोग गर्छ र उसले गरेको निर्णय अदालतले गरेसरह अन्तिम हुने । (प्रकरण नं.१६) मध्यस्थको नियुक्ति सम्बन्धित विवादको विषयको विज्ञको हैसियतमा गरिने भएकाले विवादको तथ्यगत प्रश्न केलाउनमा मध्यस्थ नै सबैभन्दा आधिकारिक व्यक्ति भएको अनुमान गर्नुपर्ने । अदालतबाट मध्यस्थको निर्णयउपर अनावश्‍यक रूपमा हस्तक्षेप गर्दै जाने हो भने मध्यस्थता ऐनले परिकल्पना गरेको विवादको छिटो छरितो समाधान गर्ने उद्देश्य पराजित हुन जान्छ जुन मध्यस्ततासम्बन्धी प्रचलित कानूनको उद्धेश्यसमेत नहुने । (प्रकरण नं.१७) मध्यस्थता ऐन, २०५५ को दफा ३० ले केही सीमित आधारमा मात्र उच्च अदालतले मध्यस्थको निर्णयलाई बदर गर्न सक्ने व्यवस्था गरेकोमा तथ्यगत प्रश्नमा अदालत प्रवेश गर्न मिल्ने देखिँदैन । यसरी मध्यस्थता ऐनको व्यवस्था हेर्दासमेत तथ्यगत प्रश्नको सम्बन्धमा मध्यस्थको निर्णय नै अन्तिम हुने र अदालतले ऐनमा व्यवस्था भएबमोजिमको आधारमा मात्र मध्यस्थको निर्णयलाई बदर गर्न सक्ने देखिने । (प्रकरण नं.१८) निवेदककै कारणले मध्यस्थको नियुक्ति हुन नसकी अदालतको आदेशले मध्यस्थ नियुक्ति भएकोमा सोही समयमा नै हदम्यादको सम्बन्धमा चुनौति दिई उपचार नखोजी अदालतको आदेशबमोजिम भएको मध्यस्थ नियुक्तिलाई स्वीकार गरी मध्यस्थताको हरेक प्रक्रियामा सामेलसमेत भएको अवस्थामा अहिले आएर मध्यस्थको निर्णयलाई चुनौति दिन नमिल्ने । (प्रकरण नं.२०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10645
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2076/11/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
मुद्दा नं.०७५-WO-०६००
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10645
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्