नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10642 · वि.सं. २०७८
नि.नं. 10642 — जालसाज
सिद्धान्त / नजिर सार (Headnote Summary)
एकै तारिख पर्चामा एकै मितिमा रहेको लगाउको एक मुद्दा (अंश) को मिसिल सामेल रहेको तारिख भरपाईलाई नियमित गरिदिई सोही तारिखको अर्को लगाउको मुद्दा (जालसाज) को मिसिलमा रहेको तारिखमा भरपाई नगराई तथा, सो नगर्नु नगराउनुपर्ने आधार कारणसमेत उल्लेख नगरी बसेको देखिँदा त्यस्तो गल्ती वा त्रुटि तारिख लिने मुद्दाका पक्षको नभई अड्डाकै तर्फबाट भएको मान्नुपर्ने । जुन उद्देश्यका साथ सेवाग्राहीलाई अड्डामा बोलाइन्छ त्यस कामको अर्थपूर्ण निकासा दिने कर्तव्य पनि सम्बन्धित अड्डाकै हुन्छ l अड्डाको त्रुटिपूर्ण काम कारबाहीको दायित्व मुद्दाका पक्षलाई बेहोर्न लगाउनु न्यायोचित नहुने । (प्रकरण नं.२) कुनै कामकारबाही रीतपूर्वक भए नभएको भनी जाँच गर्ने कुरा तथ्यगत आधारमा नभई कानूनी व्यवस्थाको कसीमा परीक्षण हुने विषय हो l मुद्दामा उठेको कानूनी प्रश्न निरूपणका लागि त्यस्तो विषयवस्तु स्वभावैले न्यायिक सरोकार बन्न जाने हुँदा कसैले दाबी लिए पनि नलिए पनि सम्बद्ध कानून र उपलब्ध प्रमाणको परीक्षण गरी कुनै कामकारबाही रीतपूर्वकको हो होइन भनी अदालत स्वयंले जाँच निर्क्यौल गर्न नसक्ने भन्ने नहुने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10642 |
|---|---|
| मुद्दाको विषय | जालसाज |
| निर्णय वर्ष / मिति | 2076/08/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री रामकृष्ण खनाल | माननीय न्यायाधीश श्री श्रीमण कुमार गौतम |
| मुद्दा नं. | ०७२-CR-११६५ | ०७०-CP-००७० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10642 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
