नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 106 · वि.सं. २०१७
नि.नं. 106 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अघि नै बण्डापत्र भई आफ्नो भाग ज्यूनी लिई बसेकोमा फेरि अंश पाउँ भन्ने दाबी लाग्न नसक्ने खारेज हुने । मिसिल सामेल भएका प्रधान न्यायालय सिंगल बेञ्चका फैसलाहरूबाट वादी प्रतिवादीहरूको अघि नै बण्डापत्र भई वादीले आफ्नो भाग ज्यूनी लिई बसेको भन्ने यस मुद्दामा वादी प्रतिवादीको जिकिर समेत भई सोही दावीबाट जग्गा घरमा हक बेहक भई टुंगो लागेको देखिएकोले फेरि अंश पाउँ भनी वादीले गरेको दावी खारेज गर्ने गरी शुरुले गरेको इन्साफ मुनासिब गरी अपीलले गरेको इन्साफ मुनासिब छ । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 106 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2016/06/12 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१७, नि.नं. 106 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
