नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10595 · वि.सं. २०७७

नि.नं. 10595 — लागु औषध (खैरो हेरोइन)

सिद्धान्त / नजिर सार (Headnote Summary)

समूहमा मिली लागु औषधको कारोबार तथा ओसारपसारको कसुरमा संलग्न रहेको पुष्टि हुन्छ भने समूहका प्रत्येक व्यक्तिबाट लागु औषध बरामद हुन आवश्यक हुँदैन । त्यो अवस्थामा समूहका सबैले आपराधिक दायित्व वहन गर्नुपर्ने हुन्छ । तर समूहमा मिली कसुरमा संलग्न रहेको प्रमाणहरूबाट पुष्टि हुन नसकेको अवस्थामा लागु औषध बरामद नभएका प्रतिवादीहरूलाई समेत सँगै रहेको वा अन्य प्रतिवादीहरूसँग सम्पर्कमा रहेको भन्ने आधारमा मात्र कसुरदार ठहर गरी आपराधिक दायित्व वहन गराउनु न्यायसङ्गत नहुने । सामूहिक रूपमा लागु औषधको कसुरमा संलग्न भएका व्यक्तिहरूले कुनै न कुनै रूपमा कसुर गर्नमा भूमिका निभाएको वा कुनै न कुनै रूपमा कसुरमा संलग्न रहेको तथा प्राप्त हुने लाभमा हिस्सेदार भएको अवस्था देखिनुपर्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10595
मुद्दाको विषयलागु औषध (खैरो हेरोइन)
निर्णय वर्ष / मिति2077/03/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
मुद्दा नं.०७१-CR-०९६८
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10595
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्