नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10594 · वि.सं. २०७७

नि.नं. 10594 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

महिलाहरूउपर हुने कुनै प्रकारको हिंसा, बलात्कारजन्य कुकृत्यप्रति न्यायिक संवेदनशीलता देखाउन अत्यन्त आवश्यक हुन्छ । कानूनले समेत महिला विरूद्ध हुने हिंसा नियन्त्रण गर्ने अभिप्रायले विभिन्न संरक्षणात्मक प्रावधानहरू व्यवस्थित गरेको पाइन्छ । तथापि यी विषयहरूलाई न्यायको मूल अपेक्षा वा सम्भावित न्यायिक प्रक्रिया दुरूपयोगको अवस्थातर्फ दृष्टि नपुर्‍याई एक पक्षीय ढङ्गबाट मुद्दाको सुरूवातमा दिएको जाहेरी वा उजुरीलाई नै निश्चयात्मक प्रमाणको रूपमा मान्यता दिई कुनै व्यक्तिलाई दोषी ठहर गर्दा अन्यायपूर्ण अवस्था परिणामले प्रश्रय पाउन सक्छ । यस्तो अन्यायपूर्ण र विभेदकारी अवस्था पैदा नहोस् भन्‍ने मान्यतालाई आत्मसाथ गरेर फौजदारी न्यायका आधारभूत मान्यताहरूअनुकूल हुने गरी न्याय निरूपण गर्नु वाञ्छनीय देखिने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10594
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2077/02/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित | माननीय न्यायाधीश श्री श्रीमण कुमार गौतम
मुद्दा नं.०७५-CR-२३३५
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10594
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्