नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10585 · वि.सं. २०७७

नि.नं. 10585 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

एउटा कसुर गरेको आरोपमा एक पटक सजाय पाएपछि वा सफाइ पाएपछि सोही कसुरमा पुनः मुद्दा चलाउने वा सजाय गर्न नहुने सिद्धान्त नै दोहोरो खतराको सिद्धान्त हो । यसले एउटै कसुरमा एक पटकभन्दा बढी मुद्दा चलाई सजाय गर्न हुँदैन भन्ने मान्यता राख्दछ । यो दोहोरो खतराको सिद्धान्त यान्त्रिक रूपमा प्रयोग हुने विषय भने होइन । मुद्दाको आ-आफ्ना विशिष्टता हुन्छन् । कुनै पनि कानूनी एवं विधिशास्त्रीय सिद्धान्तको प्रयोग गर्नुअघि सम्बन्धित मुद्दाको तथ्यगत सन्दर्भ र तत्‌सम्बन्धी कानूनतर्फ दृष्टि दिनु आवश्यक हुने । वारदातको श्रृङ्खला (Chain of Crime) एउटै भए पनि त्यस्तो श्रृङ्खलामा भएका कार्यहरू फरक-फरक फौजदारी कानून सम्बन्धित विषय बन्न सक्ने । विद्युतीय कारोबार, ठगी र भ्रष्टाचार फरक-फरक फौजदारी कसुरजन्य कार्य हुन् । ठगी वा यस्तै अन्य अभियोगमा मुद्दा चलेको छ भने पनि त्यसमा भ्रष्टाचारको पनि कसुर गरिएको देखिने अवस्था छ भने भ्रष्टाचारतर्फ कारबाही चलाउनमा कुनै कानूनी बाधा नहुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10585
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2075/06/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
मुद्दा नं.०७५-WH-००४८ | ०७५-CI-०१३० | ०७५-CI-०१३१ | ०७५-CI-०१२९
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10585
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्