नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10583 · वि.सं. २०७७
नि.नं. 10583 — लागु औषध बिक्री वितरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
अपराधको गम्भीरता र सजायको मात्राबिच सामञ्जस्यता र तादात्म्यता न्यायोचित र अपेक्षित हुन्छ । कसुर गर्दाको अवस्था र अपराधमा आरोपितको संलग्नता र भूमिकासमेतलाई दृष्टिगत गरी सजायको मात्रा निर्धारण गर्दा नै न्यायको मकसद पूरा हुन जान्छ । यो मान्यतालाई नजर अन्दाज गरी कसुर स्थापित हुँदैमा कानूनबमोजिमको अधिकतम हदको सजाय गर्दा न्यायको मकसद मर्न गई अन्यायपूर्ण अवस्थाको सिर्जना हुने खतरा रहने । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10583 |
|---|---|
| मुद्दाको विषय | लागु औषध बिक्री वितरण |
| निर्णय वर्ष / मिति | 2076/10/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री केशरमान पति | माननीय न्यायाधीश डा. श्री कुलरत्न भुर्तेल | माननीय न्यायाधीश श्री सुशिला कार्की | माननीय न्यायाधीश श्री सुशीला कार्कीबाट व्यक्त भएको रायसँग मतैक्य हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलासमा पेस गर्नु भन्ने यस अदालतका संयुक्त इजलासका माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौलाबाट व्यक्त भएको राय । | माननीय न्यायाधीश श्री मोहन प्रकाश सिटौलाको रायसँग सहमत हुन सकिएन । प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(क) बमोजिम पूर्ण इजलासमा पेस गर्नु भन्ने यस अदालतका माननीय न्यायाधीश श्री सुशीला कार्कीबाट व्यक्त भएको राय । | माननीय न्यायाधीश श्री मोहन प्रकाश सिटौलाबाट व्यक्त भएको राय सदर कायम गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री सुशीला कार्कीबाट व्यक्त भएको राय मनासिब देखियो । प्रतिवादी प्रेमबहादुर अर्जेललाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने, ना.अ च. ५७०९ को टोयोटा कार जफत हुनुपर्ने तथा कसुर ठहर भएका प्रतिवादीहरू सिताराम कँडेल र पूर्णलाल श्रेष्ठलाई पनि कानूनमा व्यवस्था भएबमोजिमको अधिकतम सजाय हुनुपर्ने भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । तसर्थ प्रतिवादीहरू राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई आरोपित कसुरबाट सफाइ दिएको हदसम्म पुनरावेदन अदालत पाटनको मिति २०६०।१।९ को फैसला केही उल्टी भई यी प्रतिवादीहरू राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई समेत लागु औषध (नियण्त्रण) ऐन, २०३३ को दफा १४(१)(घ) (५) बमोजिम जनही ५(पाँच) वर्ष कैद र जनही रू.५०,०००।– (पचास हजार) जरिवाना हुने ठहर्छ । अरू तपसिलबमोजिम |
| मुद्दा नं. | ०६७-CF-०००९ | ०७१-CR-१५५६ | ०७०-RI-०१५६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10583 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
