नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10580 · वि.सं. २०७७

नि.नं. 10580 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

जग्गा दर्ताको विषय मालपोत कार्यालयको क्षेत्राधिकारभित्रको विषयवस्तु भएको हुँदा जग्गा दर्ता हुने वा नहुने भन्‍ने सम्बन्धमा मालपोत कार्यालयले नै निर्णय गर्नुपर्ने हुन्छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णय क्षेत्राधिकारविहीनताको आधारमा बदर हुँदैमा त्यसले जग्गा स्वत: दर्ता हुन्छ भन्‍ने अर्थ लाग्दैन । यसको आशय जुन निकायको क्षेत्राधिकार हो त्यसैले वस्तुनिष्ठ र पारदर्शीरूपमा हेर्नुपर्ने । (प्रकरण नं.१०) विवादित सम्पत्तिमा विभिन्न पक्षहरू मिली एकआपसमा तेरो मेरोको स्थिति देखाई निवेदन दिए भन्दैमा सम्बन्धित कार्यालयले अनिवार्य रूपमा तेरो मेरोमा सुनाउनुपर्छ भन्न मिल्दैन । दाबीको औचित्य र प्रमाण हेरी कसैको पनि दाबी अस्वीकार गर्न सकिने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10580
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2077/03/22
अदालत / इजलाससंयुक्त इजलास
मुद्दा नं.०७१-WO-०६६२
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10580
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्