नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10575 · वि.सं. २०७७

नि.नं. 10575 — अंश नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंशबन्डासम्बन्धी विधिशास्त्रले अंश हकलाई नैसर्गिक अधिकारको रूपमा आत्मसात् गरेको पाइन्छ । अंश त्यस्तो कानूनी अधिकार हो, जुन विधिवत् रूपमा प्राप्त वा परित्याग नगरेसम्म समाप्त हुन सक्दैन । विधिवत् रूपमा अंश प्राप्त गरेको वा परित्याग गरेको प्रस्ट एवं प्रत्यक्ष प्रमाणको अभावमा घरसारमा अंशबन्डा भइसकेकोले अंश नपाउने भन्‍न नमिल्ने । (प्रकरण नं.३) अन्यथा प्रमाणित नभएको अवस्थामा एउटै घरमा भए पनि अलगअलग कोठा वा स्थानमा बसी अलगअलग खाए पिएको स्थितिलाई मानो छुट्टिएको मान्नुपर्ने । अंशियारहरूले मानो छुट्टिएको मितिपश्चात् कमाएको धन र लाएको ऋण आ-आफ्नो हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10575
मुद्दाको विषयअंश नामसारी
निर्णय वर्ष / मिति2076/10/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री द्वारिकामान जोशी | माननीय न्यायाधीश श्री भीमकुमार ओझा
मुद्दा नं.०७३-CI-०१४७
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10575
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्