नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10574 · वि.सं. २०७७
नि.नं. 10574 — उत्प्रेषण / प्रतिषेध / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
राज्यले सार्वजनिक प्रयोजन एवं बृहत्तर राष्ट्रिय हितका लागि व्यक्तिको सम्पत्तिसम्बन्धी हकमा नियन्त्रण, नियमन र अङ्कुश लगाउन सक्ने । (प्रकरण नं.३) एकपटक जग्गा छाडी सडक विस्तार भइसकेकोमा अब त्यस्ता व्यक्तिहरूलाई आफ्नो पूर्वसहमतिबाट भाग्ने अवसर प्राप्त नहुने । (प्रकरण नं.४) सडक सीमा तोकेको स्थितिमा पर्खालबाहेकका संरचना निर्माण गर्न मिल्दैन । कानूनको अवज्ञा गरी संरचना निर्माण गरेमा त्यसको परिणाम सम्बन्धित व्यक्तिले भोग्नुपर्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10574 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / प्रतिषेध / परमादेश |
| निर्णय वर्ष / मिति | 2076/10/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ |
| मुद्दा नं. | ०६८-WO-०८८५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10574 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
