नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10573 · वि.सं. २०७७
नि.नं. 10573 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
महिलाले पतिको थर लिने वा बाबुको थर चयन गर्ने महिलाको अधिकार हो । बालबालिकाले चाहेमा आफ्नो बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न पाउने छ भन्ने कानूनी व्यवस्था भएकोमा आमाले पेन्सनपट्टामा इच्छाएको व्यक्तिमा छोरा नाता खोली नाबालक छोराको थर बाबुको नलेखी आमाले आफ्नै थर लेखेको आधारमा मात्र बाबुको सन्तान होइन भन्न नमिल्ने । (प्रकरण नं.५) वादीको पिताले आफ्नो जीवनकालमा कहिल्यै प्रश्न नउठाई पूर्ण रूपमा आत्मसात् गरेर बाबु छोराको सुमधुर सम्बन्ध कायम रहेकोमा बाबुको मृत्युपछि अंश दाबी गरेपछि केवल डि.एन.ए. परीक्षणको रिपोर्टको आधारमा मात्र वादीका बाबुका दाजुभाइ नाताका व्यक्तिसँग डि.एन.ए. परीक्षण नमिलेको भरमा बाबु छोराको नाता नभएको भन्नु उचित नहुने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10573 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2076/10/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट | माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी |
| मुद्दा नं. | ०७२-CI-१३२१ | ०५९-WO-२५७९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10573 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
