नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10545 · वि.सं. २०७७
नि.नं. 10545 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
तहतहमा विभिन्न मुद्दाहरू दर्ता गरी तहतहमै फैसलासमेत हुँदा निवेदकले निर्णय बदर गराई आफ्नो हक स्थापित गराउन नसकेकोमा निर्विवाद रूपमा हक स्थापित नभएको विषयमा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं.५) आफूलाई मात्र लाभ हुने खालका तथ्य उल्लेख गरी विवादको मूल तथ्यलाई ओझेलमा पारी वा हुँदै नभएका तथ्य उल्लेख गरी रिट क्षेत्रबाट उपचारको माग गरिन्छ भने त्यसलाई सफाहात लिएर अदालत प्रवेश गरेको मान्न नमिल्ने । (प्रकरण नं.६) फैसला अन्तिम भएपश्चात् निवेदक रिट क्षेत्रमा आएकोले अदालतहरूबाट भएको फैसलालाई समेत प्रतिकूल असर पर्ने गरी रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10545 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2077/04/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७५-WO-०७६२ | ०७२-CP-००३९ | ०७२-CP-००४० | ०७२-PC-००३२ | ०७२-DP-२४५५ | ०७२-DP-२४५४ | ०७२-CP-९६२ | ०७३-RI-२०१६ | ०७३-CP-०१०१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10545 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
