नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10543 · वि.सं. २०७७
नि.नं. 10543 — कर्तव्य ज्यान, ने.का.प.२०६७, नि.नं.८४१५, पृष्ठ ११५९ मा "मृतकको असह्य क्रियाउपर अभियुक्तले तत्कालै भावावेशको अवस्थामा प्रतिक्रियात्मक रूपमा मृतकउपर आक्रमण गरेको छैन र मृतकउपर आक्रमण गर्न मद्दतगार बोलाउने वा उपयुक्त अनुकूल वातावरणको खोजी गरी मृतकउपर आक्रमण गरेको अवस्था छ भने त्यस अवस्थालाई आवेशको अवस्था समाप्त भएको मानिने हुँदा त्यस्तो हत्यालाई आवेशप्रेरित हत्याको संज्ञा नदिई मनसाय प्रेरित हत्या नै मानिन्छ" भन्ने सिद्धान्त प्रतिपादित भएको देखिन्छ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
आवेश प्रेरित हत्या हुनको लागि अभियुक्तमा ज्यान मार्ने रिसइबी, मनसाय र ज्यान जान सक्छ भन्ने ज्ञान (knowledge) समेत रहे भएको देखिनु हुदैन । अर्थात् रिसइबी, मनसाय वा मर्न सक्ने ज्ञानपूर्वक गरिएको हत्यालाई आवेश प्रेरित हत्याको परिभाषाभित्र पर्ने गरी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.१५) नियन्त्रण गुमाउन सक्ने गरी (loss of control) उत्तेजित बनाउने अवस्था नदेखिएको र स्पष्ट नियत र योजनाका साथ अपराधिक क्रियाकलाप गरी सोको परिणामसमेत विचार गरी गरिने कुनै पनि अपराधिक कार्य आवेशप्रेरित र भवितव्य मान्न नसकिने । (प्रकरण नं.२२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10543 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान, ने.का.प.२०६७, नि.नं.८४१५, पृष्ठ ११५९ मा "मृतकको असह्य क्रियाउपर अभियुक्तले तत्कालै भावावेशको अवस्थामा प्रतिक्रियात्मक रूपमा मृतकउपर आक्रमण गरेको छैन र मृतकउपर आक्रमण गर्न मद्दतगार बोलाउने वा उपयुक्त अनुकूल वातावरणको खोजी गरी मृतकउपर आक्रमण गरेको अवस्था छ भने त्यस अवस्थालाई आवेशको अवस्था समाप्त भएको मानिने हुँदा त्यस्तो हत्यालाई आवेशप्रेरित हत्याको संज्ञा नदिई मनसाय प्रेरित हत्या नै मानिन्छ" भन्ने सिद्धान्त प्रतिपादित भएको देखिन्छ । |
| निर्णय वर्ष / मिति | 2077/03/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री मेदिनीप्रसाद पौडेल | माननीय न्यायाधीश श्री सुदर्शनदेव भट्ट |
| मुद्दा नं. | ०७५-CR-२२४८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10543 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
