नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10541 · वि.सं. २०७७
नि.नं. 10541 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
घटना विवरण कागज गर्ने मानिसहरूले सुनी जानेको आधारमा अनुमान गरी मौकामा घटना विवरण कागज गरेको र अदालतसमक्ष बकपत्र गर्दा मौकाको व्यहोरा अन्यथा भनी प्रतिवादीहरू निर्दोष हुन् भनी बकपत्र गरे तापनि निजहरूको प्रत्यक्षदर्शी साक्षी नभएको हुँदा प्रतिवादीका साक्षीहरू एवम् घटना विवरण कागज गर्ने साक्षीहरूको व्यहोरा एवम् प्रतिवादीको अदालतमा भएको इन्कारी बयान व्यहोरालाई मात्र आधार लिई शव-परीक्षण प्रतिवेदन, घटनास्थल लास प्रकृति मुचुल्का, बरामदी मुचुल्का, कल डिटेल्ससमेतका प्रमाणहरूलाई उपेक्षा गर्न नसिकने । (प्रकरण नं.६) ठोस आधार प्रमाणको अभावमा अदालतमा इन्कारी बयान गरेकै आधारमा वारदात घटाएको बेलामा घटनास्थलमा मौजुद नरही अन्यत्र थिएँ भनी लिएको जिकिर प्रमाणद्वारा पुष्टि गर्न नसकेको अवस्थामा अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई स्वेच्छाले गरेको बयान होइन भन्नु तर्कसङ्गत नहुने । (प्रकरण नं.११) कुनै अभियोग लागेको अभियुक्तले कसूरसम्बन्धी कुरामा साबिती भएको वा इन्कार गरेको निजको कथनले मात्र निजको पक्ष वा विपक्षमा स्वतः प्रमाणको स्थान ग्रहण गर्दैन बरू सो साबिती वा इन्कारी बयानलाई कुनै आधारभूत, तथ्यपरक वस्तुनिष्ठ एवम् निश्चयात्मक प्रमाणबाट समर्थित गराउनुपर्ने । (प्रकरण नं.२८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10541 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2077/03/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री हरिप्रताप के.सी. | माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी | माननीय न्यायाधीश श्री गणेशप्रसाद बराल |
| मुद्दा नं. | ०७४-CR-१०१० | ०७४-CR-१०११ | ०७४-CR-१०१२ | ०७४-CR-१०१३ | ०७४-CR-१०१४ | ०७४-CR-१०१५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10541 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
