नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10538 · वि.सं. २०७७

नि.नं. 10538 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफ्नो अधिकार छ भन्दै पूर्वाग्रहयुक्त एवं गैरजिम्मेवारीपूर्ण ढङ्गले प्रस्तुत हुने, आफ्नो अधिकारको अधिक प्रयोग वा दुरूपयोग गर्ने र परिस्थिति र परिवेशले आवश्यक नदेखिए पनि आफ्नो शक्ति प्रदर्शन गर्ने छुट कुनै प्रहरी कर्मचारीलाई हुँदैन । सर्वमान्य मानव अधिकारको पालन गरी जनताको हक अधिकारको सुरक्षा र संरक्षण गर्ने जिम्मेवारी पाएका प्रहरी प्रशासनमा कार्यरत राष्ट्रसेवकले अनावश्यक रूपमा आफ्नो शक्ति प्रदर्शन गरी अधिकार दुरूपयोग गर्नेले जिम्मेवारी बहन गर्नुपर्ने र कानूनबमोजिम कारबाहीको भागी हुनुपर्ने । अनावश्यक रूपमा हथकडी प्रयोग गरी पत्रकारहरूलाई अमानवीय रूपमा दुर्व्यवहार गरेको सम्बन्धमा स्पष्टीकरण माग गर्दा तथ्य लुकाई आफू कमाण्डर रहेको टोलीले गरेको त्यस्तो दुर्व्यवहारबारे आफूलाई थाहा नभएको भनी गैरजिम्मेवारपूर्ण जवाफ दिएकै कारण छानबिन गरी प्रमाण बुझी पुनरावेदकलाई कारबाही गरिएको अवस्थामा त्यस्तो निर्णयलार्इ त्रुटिपूर्ण मान्न नसकिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10538
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2076/11/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री रामकृष्‍ण भट्ट
मुद्दा नं.०७२-CI-०१९४
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10538
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्