नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10536 · वि.सं. २०७७
नि.नं. 10536 — मानव अपहरण तथा शरीर बन्धक
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रहरीले सवारी साधन नियन्त्रणमा लिई हतियारसहित अपहरणको कार्य सम्पन्न गर्न उद्वत रहेका खतरनाक प्रतिवादीहरूलाई तत्काल neutralize गरी अपहरणको कार्य सम्पन्न हुन नसकेको अवस्थामा अपराध पूर्ण भई अपहरण भई सकेको मान्न नमिल्ने । (प्रकरण नं.१०) अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योग हुनमा अभियुक्तको त्यस्तो कार्य गर्ने मनसाय यथेष्ठरूपमा प्रमाणित हुनु पर्दछ । अपहरण गर्ने कार्यको तयारी पूरा भएको हुनु पर्दछ । अपहरण तथा शरीर बन्धक लिन त्यस्तो तयारी प्रर्दशन भई पीडितलाई नियन्त्रण वा कब्जामा लिने प्रयत्न भएको वा नियन्त्रण वा कब्जामा लिई उक्त कार्य पूरा गर्ने क्रममा कुनै extraneous factor को हस्तक्षेप भएको वा अभियुक्त त्यस्तो कार्य गर्न dangerous proximity to the end or success को नजिक पुगी असफल भएको हुनु पर्ने । उद्योगसम्बन्धी अपराधमा सजायको उद्देश्य अपराधीलाई मात्र दुरूत्साहन गर्ने नभई खतरनाकपूर्वक गरिने अपराधिक कार्यलाई पनि दुरूत्साहन गर्नु भएकाले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ५ नं. को ‘कसूर गरी नसकेको’ र मुलुकी अपराध संहिता, २०७४ को दफा ३४(१) को ‘कसूर गर्ने’ मनसायसहित पीडितलाई नियन्त्रण वा कब्जामा लिई extraneous factor को रूपमा तत्कालै प्रहरीले हस्तक्षेप गरी पीडितलाई छुटाई अपहरणको कार्य पूर्ण हुन नसकेको अवस्थामा कसूरदारहरू dangerous proximity to the end or success को अवस्थामा मात्र पुगेको तर कसूर गरी नसकेको अवस्था मान्नु पर्ने । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10536 |
|---|---|
| मुद्दाको विषय | मानव अपहरण तथा शरीर बन्धक |
| निर्णय वर्ष / मिति | 2076/11/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री काजीबहादुर राई |
| मुद्दा नं. | ०७०-CR-०६०७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10536 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
